
दमक, ६ साउन । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ ।
गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।
गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

