
झापा, ६ साउन । झापामा आर्थिक वर्ष २०७४÷०७५ मा करिब ९० प्रतिशत बजेट खर्च भएको छ ।
सरकारले झापाका १५ वटा स्थानीय तह र विषयगत कार्यालयलाई उपलब्ध गराएको कूल रू १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ८०० मध्ये रू १३ अर्ब १० करोड ९० लाख १४ हजार ५१२ खर्च भएको हो ।
यो रकम कूल बजेटको ८९.३० प्रतिशत हो । जिल्लामा १०.३० प्रतिशत अर्थात् रू १ अर्ब ५० करोड ६० लाख २४ हजार २८८ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख लावन्यराज दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालका अनुसार जिल्लामा आव २०७४÷०७५ मा पुँजीगततर्फ ७९ प्रतिशत र चालुतर्फ ९३ प्रतिशत बजेट खर्च भएको छ ।
जिल्ला समन्वय समिति झापाको रू ३१ लाख ३७ हजार ८३० र जिल्ला प्राविधिक कार्यालयको रू २५ करोड ९५ लाख ३० हजार २५४ बजेट फ्रिज भएको छ ।
त्यस्तै, स्थानीय तहमध्ये रू १ करोड ३३ लाख ५१ हजार २००, दमकको रू १० लाख ९५ हजार २५४, मेचीनगरको १० लाख, अर्जुनधाराको रू ४ लाख १८ हजार, बिर्तामोडको रू ४ लाख १६ हजार ४५३ बजेट फ्रिज भएको छ ।
यस्तै, कनकाई नपाको ७१ लाख २९ हजार २००, शिवसताक्षीको रू १ करोड ६४ लाख ४८ हजार ११, गौरादहको रू १० करोड ३ लाख २२ हजार ३३०, बुद्धशान्ति गापाको रू १ करोड ४० लाख ३० हजार ६००, बाह्रदशीको रू ८९ लाख ३९ हजार २९८, हल्दिबारीको रू १ करोड ८५ लाख ४१ हजार ३१८ बजेट फ्रिज भएको छ ।
यस्तै, कचनकवल गापाको रू ८ लाख ६८ हजार ६४, झापा गापाको रू १४ लाख ९८ हजार ६६७, कमलको रू ६२ लाख ८५ हजार १२०, गौरीगञ्जको रू ३३ लाख १४ हजार ४७९ बजेट फ्रिज भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


