
अनिल वाग्ले
बुधबारे, ७ जेठ । झापाको बुद्धशान्तिमा पनि एक जना डेङ्गुका बिरामी भेटिएका छन् । विभिन्न ठाउँमा डेङ्गु संकमित भेटिइरहेका बेला झापाको बुद्धशान्ति वडा नम्बर ६ मा पनि डेङ्गुका विरामी भेटिएका हुन् ।
बुद्धशान्ति–६ स्थित ठुटेबर क्षेत्रका ३५ वर्षीय पुरुषलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा डाक्टरले डेङ्गु भएको पुष्टि गरेको हो । ती विरामी यतिवेला झापाको विर्तामोडमा रहेको मनमोहन अस्पतालमा उपचाररत् छन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

