
बिर्तामोड, ६ साउन । झापाको शिवसताक्षी स्थित सम्झना चौकको एक काठ मिलमा शनिवार दिउसो प्रहरी सहितको संयुक्त ससस्त्र वन गस्ती टोलिले खानतलासी गर्दा १ लाख २५ हजार मुल्य वरावरको अवैध काठ वरामद गरेको छ ।
जिल्ला वन कार्यलय झापा, रतुमाई वृक्षारोपण आयोजना केर्खा र ईलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त वन गस्तीले अवैध काठ वरामद गरेको जिल्ला वन कार्यलय झापा अन्तर्गत केर्खा ईलाका बन कार्यालय झिलझिलेका सहायक वन अधिकृत जिवन पाठकले वताए ।
स्थानिय वडा नम्बर ८ को सम्झना चौक नजिकैको काठ मिलमा लुकाई राखिएको गोलिया चिरान गर्ने क्रममा गस्ती टोलीले वरामद गरेको हो । पाठकका अनुसार साल जातको ५ थान गोलिया, टिक जातको १४ थान र टिक जातकै १० थान चिरान काठ वरामद भएको हो । वरामद गरिएको सवै काठ रतुवामाई वृक्षारोपण आयोजनाको वन हातावाट चोरी निकासी भएको पाठकले वताए । वरामद भएको काठ ५०।४९ क्युफिट परिमाणको छ ।
स्थानिय वासिन्दाको गोप्य सुचनाका आधारमा वनसहित प्रहरीको टोली संचालक दिपक म्यानाङ्गवोको मिलमा पुगेको थियो । सुरक्षाकर्मीको टोली देख्ने वित्तिकै म्यानाङ्गवो भागेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । वरामद गरिएको काठ सेक्टर वन कार्यलय सुरुङ्गा आवश्यक कानुनी प्रकृयाका लागि वुझाईएको सहायक वन अधिकृत पाठकले वताए ।
केही समय यता वनसहितको प्रहरी टोलीले वन अतिक्रमण र वन पैदावार चोरी निकासी विरुद्ध सिभिल अप्रेशन शुरु गरेको छ । रतुवामाई वृक्षारोपण अयोजना र चुरेको सामुदायिक वनवाट अवैध रुपमा काठ निकासी हुन थालेपछि वनको टोली सक्रिय हुन थालेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


