
वीरगन्ज, ७ साउन । शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेटन पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए ।
हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको पर्साका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले बताए । प्रहरीले प्रमेन्द्रलाई उनकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

