
काठमाडौँ, २० साउन । क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदैआएकोमा विगत तीन महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् ।
पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ । यसले मानव अंगको स्वास्थ्य अवस्था, रक्त प्रवाह, रासायनिक प्रतिक्रिया र कार्यक्षमता पहिचान गर्दछ । ‘क्यान्सर रोग विकराल बन्दै गएको अवस्थामा यस विषयमा सरकारको ध्यान पुग्न नसक्नु दुखको विषय हो’ विज्ञहरुले भनेका छन् ।
नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पेट स्क्यान गत वैशाख २२ देखि जेट एयरवेज बन्द भएसँगै रोकिएको छ । नेपालमा सूर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाट, कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्ग र जीवन्त एड्भान्स, काठमाडौं इम्याजिङ प्रालि।ले औषधि उत्पादक कम्पनी र जेट एयरवेयजसँग सम्झौता गरी नेपालमै पेटस्क्यान गर्ने व्यवस्था मिलाएका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

