
बिर्तामोड, १० भदौ । झापाको अर्जुनधारा नगरपालिका–१० को चुथाइ टोलमा १० आवश्यकता रहेको पाइएको छ ।
मेची टेक्लिकल टे«निङ एकाडेमीको सीएमएमा अध्ययनरत् ग्रुप ‘ए’ जीवन रक्षक समूहका विद्यार्थीले चुथाइ टोलमा देखिएको १० वटा आवश्यकताहरु पत्ता लगाएका हुन् । एकाडेमीमा अध्ययरत ११ जना विद्यार्थीको समूहले एक महिना लगाएर उक्त क्षेत्रमा देखिएका आवश्यकता र अपनाउनुपर्ने आगामी योजनाकाबारेमा सुझाव दिएका छन् ।
टोली संयोजक रेखाकुमारी देवले स्थलगत अध्ययनका क्रममा अर्जुनधारा–१० मा पानी शुद्धीकरण, सर्वोत्तम पिठो, कुपोषण, जिङ्क चक्कीको जानकारी नभएको, सरसफाइ सम्बन्धी सचेतना कम भएको, बिरामी हुँदा धामी झाक्री लगाउने, सरकारले लागू गरेको स्वास्थ्य बीमाबारे जानकारी नभएको पाइएको बताइन् ।
उनीहरुले अर्जुनधारा–१० को २०० घरधुरीमा एक महिना लगाएर स्थलगत अध्ययन अवलोकन गरिएका थिए । अध्ययन पछि तयार पारिएको प्रतिवेदन एक कार्यक्रमका बीच अर्जुनधारा–१० वडा कार्यालयका प्रतिनिधि भोलानाथ गौतमलाई बुझाएइको छ । आफ्नो क्षेत्रमा आएर अध्ययन गरेको धन्यवाद दिँदै गौतमले सुझावलाई आत्मसात गरी व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय विद्यालयमा गएर विद्यार्थीलाई स्वास्थ्य सचेतना प्रदान गर्नुका साथै आमा समूहलाई स्वास्थ्य शिक्षा र सरसफाई अभियानसमेत सञ्चालन गरेको सहसंयोजक रिता पोखरेलले बताइन् ।
लघु स्वास्थ्य परियोजना तथा सामुदायिक प्रस्तुतीकरण कार्यक्रम अन्तरगत गरिएको स्थलगत अध्ययन अवलोकनमा रेखाकुमारी देव, रिता पोखरेल, कविता भट्टराई, कविता बस्नेत, अञ्जना श्रेष्ठ, निर्मला महतो, हेमन्त गुरुङ, सलिना तामाङ, सरिता ओली, अञ्जु माबो र टीकादेवी राजवंशी सहभागी थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

