
झापा, २० भदौ । ‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ भन्ने विश्वमा मान्यता भए पनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो–फर्मास्टि जनशक्ति उत्पादनमा सरकारको उदासिनता ।
औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फार्मासिष्ट पुगेको देखिँदैन । एक फार्मेसीका एक फर्मासिष्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधी विक्री भइरहेको छ ।
औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिष्ट दर्ता छन् । हाल फार्मेसी ३० हजार पुगेको र २० प्रतिशत फर्मासिष्ट बिदेशीएको अनुमान छ । पछिल्लो समय भाडामा लाइसेन्स लिएर फार्मेसी चलाउने अभ्याससमेत बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

