
भद्रपुर, ११ कात्तिक । झापाको भद्रपुर नगरपालिकामा वडा कार्यालय र आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ ।
रू १ करोड ७० लाख ७८ हजार २ सय २ रूपैयामा भ्याटसहित सगरमाथा कन्ट्रक्सनले ठेक्का पाएको वडा कार्यालय भवन २०७७ मंसिर १५ गते निर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा पाएको । त्यस्तै, स्वास्थ्य चौकीको २२ लाख ९५ हजार ८ सय ७० रूपैयामा यही पुस २ गते निर्माण सम्पन्न गर्ने गरी शान्ति निर्माण सेवाले ठेक्का पाएको छ ।
वडा कार्यालय निर्माणका लागि अचुतप्रसाद पोखरेलले ५ कठ्ठा र कुमारप्रसाद ओझाले २ कठ्ठा जमिन निःशुल्क दिएका थिए भने स्वास्थ्य चौकी भवन निर्माणका लागि वडा सदस्य फूलसिंह राजवंशीले एक कठ्ठा जमिन प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

