
पाँचथर, २४ पुस । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ राके बजार स्थित मेची राजमार्गमा मारुती भेन भित्र लुकाएर ल्याउदै गरेको ४० कार्टुन अबैध भारतीय सिकिमे रक्सि (मदिरा) बरामद गरीएको छ ।
गत मंगलबार राती पौने १२ बजेको समयमा ईलाम बाट फिदिम तर्फ आउदै गरेको उक्त मारुती भेनलाई प्रहरी चौकी राकेबाट चेकजाँचमा खटिएको प्रहरीको टोलीले लुकाएर ल्याउदै गरेको उक्त मदिरा सहित भेनका चालक ईलामको ईलाम नगरपालिका(७ बरबोटे बस्ने बर्ष २६ को निर्मल तिवारी, भेनमा सवार वर्ष २२ को डिल्लि घिमिरे, ईलाम नगरपालिका फिकक्ल बस्ने बर्ष(३६ को मोनिका आचार्य लाई पक्राउ गरेको थियो । नियन्त्रणमा लिईएको मदिरा, भेन र पक्राउ परेका तिनैजनालाई बुधबार दिउँसो राजश्व कार्यालय झापा पठाएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

