
अर्जुनधारा, २६ पुस । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयको ६४ औं बार्षिक उत्सव मनाएको छ । शुक्रबार विद्यालयले एक कार्यक्रमका बिच उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै बार्षिक उत्सव सम्पन्न गरेको हो ।
विद्यालयले मनोहर स्मृति छात्रबृत्ति पुरस्कारबाट गरिब तथा जेहेनदार विद्यार्थी सन्दिप न्यौपाने, सुरेन्द्र पौडेल, मनिष राईलाई नगद सहित सम्मान गरिएको थियो । त्यसै गरि मन्दोधरि पुरस्कारबाट विशाल लामिछाने, सृजना गजमेर, प्रश्ना मिश्र, शान्तिमाया पुरस्कारबाट दिक्षा अधिकारी, भैरव पौडेल, बिक्रमबहादुर लिम्बु, सृजन लिम्बु, सौरभ ढकाल, सालु खेवाङलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगद सहित सम्मान गरेका थिए ।
कार्यक्रममा सांगितिक प्रस्तुति दिइएको थियो । विद्यालयका पुर्व ब्यवस्थापन समितिका ज्येष्ठ सदस्य यामबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षकद्धय पूर्ण ढुङ्गेल, दिपक भण्डारीले गरेका थिए ।
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष रघुनाथ खनाल, ३ वडाअध्यक्ष जिवन भण्डारी, अर्जुनधारा शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, कार्यपालिका सदस्य दिलिप गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

