
बनियानी, २७ पुस । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बसपार्कबाट नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का ३५ बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका(२ की २० बर्षीया अन्जना ढुङगानालाई १० ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
लागऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

