
भोजपुर, २ माघ । भोजपुरको राम प्रसाद राई गाउँपालिका(१ ओख्रेमा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राखी अस्थयी प्रहरी पोष्टको स्थापना गरिएको छ ।
नयाँ स्थापना भएको अस्थायी पोष्ट ओख्रे भोजपुरको प्रतिनिधी सभा सदस्य माननीय सुधन किरातीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा उदघाटन गर्नु भयो ।
उदघाटन कार्यक्रममा राम प्रसाद राई गाउँपालिका उपाध्यक्ष सम्झना राई, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगर, स्थानिय बुद्धिजिवी, भद्र भलादमी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

