
ताप्लेजुङ, २ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मिक्लुङ स्थितमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा १ जना चाईनिज कामदारको मृत्यु भएको छ ।
हिजो राती ११ बजेको समयमा चाईना अन्सुइ प्रदेश बस्ने ५१ वर्षीय को चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

