
झापा, ४ माघ । झापाको बिर्तामोड नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ का २६ बर्षीय बिकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का सुवास तामाङलाई २७ ग्राम ब्राउन सुगर र निजहरुले प्रयोग गरेको मे ३ प ८९८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

