
बितामोड, ५ माघ । झपाको बिर्तामोडमा पाँचथरबाट बसाइँसराइ गरी बसोबास गर्दै आएका गुरुङ समुदायले पाँचथर गुरुङ समाज गठन गरेका छन् ।
शनिबार बिर्तामोड–३ मा भएको तमु ल्होसार शुभकामना आदन –प्रदान तथा भेट्घाट क्रायक्रमबीच समिति गठन गरिएको हो । अम्मर बहादुर गुरुङको संयोजनमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रविन गुरूङ, सचिवमा निर्मला गुरुङ ,सह सचिव नरेश गुरुङ , कोषाधक्षमा रेनुका गुरुङ सह कोषाधक्ष नेत्र प्रसाद गुरुङ चयन भएका छन्।

त्यसतै सदस्यहरूमा टीका गुरुङ ,सुरभि गुरुङ ,सुलोचना गुरुङ ,सेर बहादुर गुरुङ ,बिष्णु गुरुङ रहेका छन् । खड्ग गुरुङको अध्यक्षतामा भएको क्रायक्रमको प्रमुख आथित्यता पाँचथर रानिटार गा।वि।स।का पूव अध्यक्ष केन्द्र प्रसाद गुरुङ ले गरनु भएको थियो । क्रायक्रममा तमु ह्युल छोज धी गुरूङ रास्ट्रिय परिषदका केन्द्रिय सदस्य एवम् बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपोभोक्ता सस्थांका अध्यक्ष जल कुमार गुरुङ , नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य एवम् रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेल,गोपिचन्द्र गुरुङ लगायतले शुभकामना मन्तवय राख्नु भएको थियो ।
तमु ह्युल छोज धी गुरूङ रास्ट्रिय परिषद बिर्तामोड नगरका अध्यक्ष डि।के।गुरुङले स्वागत गरेको क्रयाक्रमको संचालन समाजका सचिव निर्मला गुरुङले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

