
बिर्तामोड, १३ माघ । बिर्तामोड नगर पालिका बडा नं १० स्थित सैनिकबजारमा सहरी स्वास्थ्य केन्द्र खोलिएको छ । सो केन्द्रको एक कार्यक्रमका बिच नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गर्नुभयो ।
नगर पालिकाको प्रत्येक बडामा एउटा शहरी स्वास्थ्य केन्द्र खोल्ने नीति अनुरुप स्थानीय समुदायको सक्रियतामा निर्माण गरिएको भवनमा शहरी स्वास्थ्य केन्द्र संचालन गरिएको हो । स्थानीय समाजसेबी रामदर्शन गुरुंगको अध्यक्षतामा निर्माण समिति गठन गरेर भवन निर्माण गरिएको थियो ।
स्थानीय समुदायले चन्दा समेत उठाएर बनाएको भवन पूरा गर्न र शौचालय, घेराबार गर्न नगर पालिकाले २२ लाख भन्दा बढी बजेट लगानी गरेको नगर पालिकाका योजना अधिकृत जय तिम्सिनाले बताउनु भयो ।
बडा नं १० का अध्यक्ष दुर्योधन गुरुंगको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख शिबाकोटी, नगर उप प्रमुख पबित्रा महतारा प्रसाई र निर्माण समितिका सचिब रुपनारायण मुखियाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन नगरपालिकाकी बोर्ड सदस्य गीता घिमिरेले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

