
गौरादह, १६ साउन । झापाको गौरादहमा लैङ्गिक हिंसा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महिला तथा बालबालिका कार्यालय भद्रपुर झापाले आयोजना गरेको लैङ्गिक हिंसा मुल प्रवाहीकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गौरादह नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालासहित ६० जना सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न बक्ताहरुले महिला माथि हुने हिंसा र त्यसबाट बच्नको लागि अपनाउनु पर्ने सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा व्यवस्था भएका कानुनी उपचार बारे जानकारी गराइएको थियो ।
वडा नं. १ को वडा कार्यालयको सभा हलमा जिल्ला कानुनी सहायता समिति झापाका अधिवक्ता खेमनाथ भट्टराइले सहभागिहरुलाई नेपालको संविधान २०७२ मा उल्लेख भएका महिला तथा बालबालिकाको हक, अंशबन्डा र लैंगिक तथा घरेलु हिंसाका विषयमा सहजीकरण गरेका थिए ।
गौरादह नगरपालिका कानुनी सल्लाहकार सदस्य गजेन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा गौरादह नगरपालिका प्रमुख रोहितकुमार शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. ८ का वडाध्यक्ष भूमिराज पोखरेल र वडा नं. ९ का वडाअध्यक्ष सीताराम भट्टराइले लैंगिक हिंसा न्यूनीकरणका लागि जिज्ञासा राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

