
बिर्तामोड, १५ माघ । हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन सामुहिक प्रतिबद्धता गरिएको छ । झापाको बिर्तामोड नगरपालिकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान अन्तरगत बुधबार आयोजना गरेको ‘नगरपालिकास्तरीय योजना तर्जुमा गोष्ठी’का सहभागीले अभियान सफल बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प ्रमुख तुलसी पोखरेलले औषधिका
विषयमा जनमानसमा भ्रम रहेकाले उद्देश्य भेट्टाउन नसकिएको बताए । उनले अभियान सफलताका लागि सरकार मात्र नभई राजनीतिक दल, स्वास्थ्यकर्मी र
आममानिसको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘अभियान जसरी
पनि सफल बनाउनु हामी सबैको साझा दायित्व हो ।’
कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हात्तीपाइले विरुद्धको औषधि सबैलाई सेवन गर्न आग्रह गरे । उनले भने, ‘समृद्धिका लागि रोगमुक्त समाज हुन आवश्यक छ, त्यसैले औषधि सेवनको विकल्प छैन ।’
कार्यक्रममा नेपाल चिकित्सक संघ झापाका अध्यक्ष डा. सीपी यादवले हात्तीपाइलेको लक्षण तत्काल नदेखिने भएकाले यसका लागि औषधि सेवन अनिवार्य भएको बताए ।
‘हात्तीपाइले रोग लागेपछि उपचार सम्भव छैन’, उनले भने, ‘यसबाट बच्न औषधि सेवन निर्विकल्प हो ।’
कार्यक्रममा उपप्रमुख पवित्रा महतरा प ्रसाईंले बिर्तामोड नगर क्षेत्रबाट हात्तीपाइले विरुद्धको अभियान सफल बनाएर देशैभर सकारात्मक सन्देभ प्रवाह गर्नुपर्नेमा
जोड दिइन् । उनले औषधिबारेको भ्रम चिर्न चौतर्फी प्रयास आवश्यक रहेको औँल्याइन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक बेदप्रकाश घिमिरे, भेक्टर कन्ट्रोल अधिकृत जीवन चापागाईंले हात्तीपाइले रोगका बारेमा जानकारी गराएका थिए । झापामा माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको कार्यक्रम सञ्चालन हुँदैछ ।
उचेरिया ब्याङ्क्रफ्टी नामक जिवाणुको कारण लाग्ने यो रोग लामखुट्टेको माध्यमबाट एक मानिसदेखि अर्कोमा मानिसमा सर्ने गर्छ । कार्यक्रममा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्णबिमली, वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले सुझाव र प्रतिबद्धता जनाएका थिए ।
नगर क्षेत्रका विभिन्न सामाजिक स ंघस ंस्थाका प्रतिनिधि सहभागी कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सहसंयोजक ओम खड्काले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

