
रोहित काफ्ले
भद्रपुर, २६ माघ । झापामा स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको अगुवाइमा झापाको पहिलो नगरपालिका भद्रपुर नगरपालिकाबाट शनिबार जिल्लामा कार्यक्रम शुभारम्भ गरिएको हो ।
बिहान भद्रपुरको गुरुकूल वेद विद्याश्रममा आयोजित एक समारोहका बीच प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरे । मानिसको खानपान, आहार विहार, सरसफाइलगायतका महत्वपूर्ण विषयमा जनचेतना जगाउने, आयुवेर्दिक औषधोपचारको प्रवद्र्धन गनेर्, सूर्तीजन्य तथा मदिराजन्य पदार्थको उपभोगलाई निरुत्साहित गनेर्लगायतका क्रियाकलाप सञ्चालन गनेर् र मानिसको अस्वस्थ जीवनशैलीमा परिवर्तन ल्याई मानसिक एवम् शारीरिक रुपमा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गनेर् उद्देश्यले सामाजिक विकास मन्त्रालयले यो अभियान सञ्चालन गरेको मन्त्री घिमिरेले जानकारी दिए ।
भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा स्वस्थ जीवन प्रवद्र्धनसम्बन्धी डा. सुरज विशाल र डा. विनोद घिमिरेले प्रस्तुति दिएका थिए भने हरेकृष्ण भट्टराईले तनाव व्यवस्थापनबाट उच्च रक्तचाप, दम एवम् मधुमेहजस्ता नसनेर् रोगको रोकथामका उपाय बारे जानकारी गराएका थिए ।
सो अवसरमा मन्त्री घिमिरेले सार्वजनिक स्थलहरुको सय मिटर वरपर सूर्ती तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवन गर्न नपाइने कुरा कानूनमै उल्लेख भएकोले यदि त्यस्तो गरेको पाइएमा दण्ड–सजायको व्यवस्थासमेत रहेकाले कानून परिपालना गराउन नगरप्रमुख एवमु निकाय–संस्थाका प्रमुखहरुलाई निदेर्शनसमेत दिए । त्यस अवसरमा ब्लड प्रेसर, सुगर जाँचका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।
एक तथ्याङक अनुसार नेपालको २४.५ प्रतिशत जनसंख्यामा उच्च रक्तचाप, ११ प्रतिशत जनसंख्यामा दम तथा ८ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको छ ।
हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन कार्यक्रम शुरु भएको छ । कैलालीका सबै १३ वटै स्थानीय तह, अस्पताल, स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम शुरु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा आठ लाख २९ हजार कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तिपाइले रोगविरुद्धको औषधी खुवाइने लक्ष्य राखिएको बताइएको छ । आमऔषधी सेवन कार्यक्रम एकसातासम्म सञ्चालन हुनेछ ।
स्वास्थ्यक्रर्मीका अनुसार हात्तीपाईले रोग संक्रमित पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सनेर् गर्दछ । यो औषधी खाली पेटमा खानुहुंदैन । शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरूमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ ।
तथापी दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु तथा कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका, क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगीलाई हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गराउन नहुने बताइएको छ । विवेचना दैनिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

