
भद्रपुर, १७ साउन । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाता भित्र पुस्तकालय निमार्ण गरी सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो ।
त्यसैगरी प्रमुख अतिथि प्रश्रितको ७७ औं जन्मोत्सव समेत मनाइएको थियो । भने कार्यक्रममा राजेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

