
पाँचथर, १७ साउन । साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले पाँचथर सदरमुुकाम फिदिममा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।
फिदिमका युुवा व्यवसायीको अगुुवाइमा पहिलोपटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । सिक्किमको ओ एड्भेन्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले फिदिमको आकाशमा पहिलोपटक सोलो ग्लाइडर (एक जना मात्र उड्न मिल्ने) सफल रूपमा उडाएका हुुन् ।
फिदिम–३ स्थित लब्रेकुुटी डाँडाबाट पहिलो पटक परीक्षण उडान भरिएको हो । पाइलट अधिकारीले लब्रेकुुटीबाट आठ मिनेटको परीक्षण उडान भरेका थिए । लब्रेकुुटीबाट उडाएको सोलो ग्लाइडर बतासे भन्ने स्थानमा अवतरण गराइको हो । जमिनदेखि चार सय ५० फिट उचाइमा उडान भरिएको हो । दोस्रो चरणमा १७ मिनेटको परीक्षण उडान भरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

