
जनकपुर, ३० फागुन । धनुषाका दुई युवामा कोरोनाको लक्षण देखिएको छ । भारतको अहमदावादबाट नेपाल आइरहेका २ जना नेपाली युवालाई चेकजाँचको क्रममा कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सप्तरीको खजुरी महुवाका शिवकुमार र राजन पासवानमा को’रोना सं’ क्रमण देखिएको चेकजाँच गर्ने चिकित्सकले जनाएका छन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरुलाई भारत बिहार मधुवनीस्थित सदर अस्पताल राखेको उपचार सुरु गरिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै २ साता लाग्ने चिकित्सकको भनाई छ ।
यसअघि सीमानामा युक्रेनी दम्पत्ती ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकीसमेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिए ।
उनीहरुमा को’रानाको ल८क्षण देखापरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजिएको थियो । उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारत नै फर्काइएको अध्यागमन कार्यालय झापाका प्रमुख जनक कोइरालाले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

