
अर्जुनधारा, ४ चैत । नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न झापाको अर्जुनधारा नगरपालिकाले सचेतना कार्यक्रम गरेको छ । सोमबार नगरले जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मीले नगरले स्थापना गरेको हेल्प डेक्सबाट आगन्तुकको इन्फारेट थर्मामिटरबाट ज्वरो नाप्ने र साबुन पानीले हात धुन आग्रह गरिरहेको बताए ।
कार्यक्रममा डा. मुना नेपालले सहभागीलाई कोरोनाको लक्षण, बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी दिएकी थिईन । कार्यक्रममा नगरप्रमुख हरिकुमार रानाले बढी भिडभाड हुने क्षेत्रमा नजान र आवश्यक सचेतता अपनाउन आग्रह समेत गरे ।
नगरपालिकाले बढी ओहोरदोहार र जमघट हुने नगरपालिकाको गेट, बसपार्क र स्वास्थ्यचौकीमा हेल्प डेस्क स्थापना गरिसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

