
झापा, ९ चैत । झापाको कनकाई नगरपालिकाका सबै बजार तथा व्यावसायहरु बन्द गनेर् निर्णय भएको छ ।
कनकाई नगरपालिकाको विपत व्यावस्थापन समितिको बसेको बैठकले नगर क्षेत्रभित्रका सबैजसो निजि तथा सार्वजनिक संघ संस्थाहरु बन्द गनेर् निर्णय गरेको । हो । नगरपालिकाको निर्णय अनुसार अत्यावश्यक औषधि पसल र खाद्यान्न वाहेकका सबै पसल र सेवाहरु, पर्यटकीय स्थलहरु अकोर् सुचना प्रकाशन नगरिएसम्मका लागि बन्द गनेर् निर्णय गरिएको छ ।
यसैबीच, झापा गाउँपालिका भोलि मिती २०७६ चैत १० देखि चैत २१ सम्म बन्द गनेर् निर्णय गरिएको छ । गाउँपालीका कार्यालयले आज सर्वदलिय बैठक बोलाई सो निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन गाउँपालिकाले गाउँपालिकाको कार्यालय, वडा कार्यालय, बजार, पसल आदि सबै बन्द गनेर् निर्णय गरेको छ ।
गाउँपालीकाले कुमरखोदमा रहेको डिल्लीराज मावी र शरणामतीमा रहेको जनता उच्च माविको भवनलाई क्वारेन्टाइन बनाउने भएको छ । क्वारेन्टाइनका सामग्री जुटाउन तथा कोरोना भाइरसको संक्रमणको पहिचान गर्न गाउँपालिकाको कार्यालयबाट ११ सदस्यीय मूल समिति र वडा कार्यालयहरुबाट ९ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरिएको छ ।
गाउँपालिकाले आम सर्वसाधारणलाई यो बन्द भएको समय आफ्नै घरलाई क्वारेन्टाइन बनाउन अपिल गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

