
झापा, ११ चैत । सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् । स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताए । आजको राजधानी दैनिकमा छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

