
धरान, ११ चैत । कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेस“गै सामान्य विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्या फोन वाटै गर्ने र परामर्सवाट नभए घर सम्म पुगेरै भए पनि उपचार गर्ने उद्येश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ ।
धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो । विपीमा ओपिडी लगायतका सेवा बन्द भएको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ । फाउण्डेसनले प्रत्येक समस्याका लागी अगल अगल हटलाईन नम्बर को व्यवस्था गरेको छ । साथै फेसबुकमा हातेमालो फाउण्डेसनको पेज मार्फत पनि आफ्ना समस्या राख सकिने र त्यहीवाट समाधान गर्ने फाउन्डेशनका प्रवक्ता डा. भुपेन्द्र साहर्ले े बताउनुभयो । उहाले विरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर विरामीलाई सल्लाह सुझाव दिने बताउनुभयो ।
हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०÷४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने भएको हो । फाउन्डेशनका अध्यक्ष डा. इन्द्र लिम्बुले कोरोना भाइरसका कारण अस्पतालमा आउन नपाएका विरामीहरुलाई घरमै गएर उपचार गराउने बताउनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चापलाई कम गर्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर आफूहरुले सकेसम्म सर्वसाधारणको उपचारमा संलग्न हुने निर्णय गरेको अध्यक्ष डा. लिम्बुले बताउनुभयो । सबै विभागका चिकित्सकहरु यस फाउन्डेशनमा आवद्ध भएकाले सर्वसाधारणको मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, मुटुको समस्या लगायतका यावत समस्या प्रतिष्ठानको ओपिडीको समय विहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर्ने अध्यक्ष डा. लिम्बुले बताउनुभयो ।
फाण्डेसनले सुरु गरेको हातेमाले हेल्प लाइन–
- 1 medicine 9824307626
- 2 surgery 9849583845
- 3 paediatrics 9849583844
- 4 gynaecology 9824307614
- 5 orthopedics 9824305465
- 6 ENT 9824305474
- 7 dermatology 9824305427
- 8 psychiatry 9824305503
- 9 opthalmology 9824305468 10 dental 9824305519
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

