
बिर्तामोड, १४ चैत । झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल प्रदान गर्ने घोषणा गरेका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै हस्पिटलसँग रहेको एक सय बेडको आईसीयु, आठ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर र पाँच सय बेडको क्वारेन्टाइन सञ्चालनका लागि धाइजनमा तयारी अवस्थामा भवन रहेको जनाइएको छ ।
हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितको स्वास्थ्यकर्मीलाइ आवश्यक व्यवस्थापन गर्दै सरकारले आजैका मितिदेखि प्रयोजन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको महामारी रोक्नका लागि बिएण्डसी हस्पिटलले राज्यलाइ सहयोग गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

