
काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो ।
उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
दुबईबाट आएका उनी ३४ वर्षका छन् । उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो ।
तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

