
गौरीगञ्ज, १९ साउन । पश्चिममा रतुवा नदि देखि पुर्व किस्नी खोला सम्म गौरीगञ्ज गाँउपालिका क्षेत्र भित्र भइ रहेको हुलाकी सडकको स्तरोन्नती कार्य अपारदर्शी बन्न थालेको स्थानियले बताएका छन् । यस सडकको स्तरोन्नतीबारे कुनै पनि सुचना सार्वजनिक नहुदा यस योजनामा ठुलै आर्थिक चलखेल रहेको हुन सक्ने स्थानियको आरोप रहेको छ ।
शहरी बिकास तथा भवन निर्माण शाखा इलाम मार्फत भइरहेको भनिएको लगभग १ करोड बजेटको सो सडक स्तरोन्नती योजना बिना टेन्डर उपभोक्ता समिती मार्फत असारको अन्तिम साता देखि काम शुरु गरिएको हो ।
शहरी बिकासको योजना भनिएपनि यस योजनको लागि उपभोक्ता समिती भने गौरीगञ्ज गाउँपालिकाले गठन गरेको थियो । पचास हजार बजेट भन्दा मुनिका योजना को उपभोक्ता समिती बनाउदा समेत सार्वजनिक सुचना जारी गरि समिती गठन गर्ने गरेको गौरीगँज गाउँपालिकाले १ करोड हाराहारीको योजनाका लागि भने कुनै सुचनानै जारी नगरी असारको पहिलो साता केदार ढुँगेलको सँयोजकत्वमा सुटुक्क उपभोक्ता समिती गठन गरेको थियो । यो उपभोक्ता समिती गठन कहिले र कहाँ भयो भन्ने बारे स्वयम् गौरीगँज गाउँपालिकाका केहि निर्वाचित सदस्यहरु समेत अनभिज्ञ रहेका छन् ।
सामान्यतया ५ लाख माथिको कुनैपनि निर्माण योजना शुरु गर्दा योजनाको लागत, सम्झौता मिती, योजना सम्पन्न हुने मिती, ठेकेदार कम्पनीको नाम वा उपभोक्ता समितीको नाम स्पष्ट खुल्ने गरि योजना स्थलमा सुचना बोर्ड राख्नु पर्दछ । तर यो योजनामा सुचनाको बोर्ड त के, योजनाको लागत, सम्पन्न मिती र कस्तो सँझौता भन्ने बारे स्वयम् उपभोक्ता समितीका अध्यक्ष केदार ढुँगेल खुलस्त हुन चाँहदैनन् ।
यो योजना कति बजेटको हो भन्ने कुरामा उपभोक्ता समितीका अध्यक्ष ढुँगेल दोधारे कुरा गर्छन् । उनि भन्छन् —‘यो सडकको लागि फिक्स सिलिङ बजेट छैन मोटामोटी १ करोडको काम हुन्छ होला ।’ काम कहिले सम्म सम्पन्न गर्ने सँझौता छ भन्ने प्रश्नमा उनि भन्छन् — ‘सँझौता केहि छैन, सकेसम्म असार मसान्त सम्म सक्नु पर्ने हो नसके आपसी समझदारीमा कहिले सम्म सकिन्छ तहिले सम्म ।’ अनि यस्तो सँझौता चाँहि को सँग भएको हो भन्ने प्रश्नमा उनले यो यस्तै हो तानतुन बजेटको सँझौता हो लिखित सँझौता छैन पछी कुरा गरोला भनि उनि पन्छिए ।
दस हजार बजेटको सरकारी योजना फच्र्योट गर्दा अनेको सौझाता भरपाइ र लिखित दस्तावेज बुझाउनु पर्ने अहिलेको अबस्थामा १ करोड हाराहारीको योजनामा लिखित सँझौता समेत छैन । काम चालु अबस्थामा रहेपनि कुन ठेकेदारले काम काम गरेको हो भन्ने समेत स्पष्ट देखिएको छैन यसबारे पनि अध्यक्ष ढुँगेल खुल्न चाहदैनन् । ‘ठेकेदार छैन, हामी व्यावशायिक साथीहरुलाइ कामको जिम्मा दिएका छौ ।’ — उनि भन्छन् ।
सडकको स्तर बारेको प्रश्नमा उनले बजारक्षेत्रमा सडक ८ मिटर र ग्रामिण क्षेत्रमा ७ मिटर फराकिलो तथा ५ इन्च मोटाइ बन्ने बताए तर स्टमेट हेर्न माग्दा इस्टमेट यहाँ नआइ पुगेको बताए । यस सडक बारे केहि दिन अघि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सहरी बिकास मार्फतको योजना भएकाले आफुले अहिले नै केहि भन्न नसक्ने प्रतिकृया दिएका थिए । उपभोक्ता समिती गठन गर्दा किन सार्वजनिक सुचना जारि गरिएन भन्ने प्रश्नमा उनले समय अत्यन्तै कम भएकोले सुचना जारी गर्न नभ्याएको बताए ।
योजना र बजेट शहरी बिकास शाखाले सँचालन गरेको भएपनि यस योजनाको खाता सँचालन गर्न गौरीगञ्ज गाउपालिकाले नै सिफारीस गरेको छ । शहरी बिकासको योजनामा गाउँपालिकाले खाता सञ्चालनको सिफारिस गर्नु, सुटुक्क उपभोक्ता समिती गठन गरिनु र योजनाका सँपुर्ण सुचनाहरु लुकाइनुले यो योजनालाइ शँकाको दृष्टिले स्थानियहरु हेर्न थालेका छन् । कतै पनि काम गुणस्तरिय भएको छैन । यहाँ एक करोड त के ५० लाखको पनि काम नहुने र आर्थिक चलखेल हुने कुरा एक स्थानिय नाम नछाप्ने सर्तमा बताएको आजको इजलास दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

