
सान नेपाल
गौरादह, १९ साउन । गौरादह नगरापालिकाद्वारा एकीकृत विकासका लागी संघीय सरकार समक्ष विभिन्न योजनाहरु पेश गरिएको छ ।
नगरपालिकामा कर्मचारी अभावमा नागरिकको सेवा प्रवाहमा कठिनाई आएकोले कर्मचारी थप पठाउन आग्रह र नगरपालिको बिकाशको लागी बिभिन्न योजनाहरु मन्त्रालयहरुमा पेश गरेको नगर प्रमुख रोहितकुमार शाहले बताए ।
नगरका सबै वडाका नागरिकहरुलाई स्वस्थ पिउने पानी पु¥याउन खानेपानी मन्त्रलयमा, नगरको भौतिक पुर्वाधार बिकाशको लागी भौतिक पुर्वाधार मन्त्रालयमा, नगरमा आवस्यक कर्मचारी व्यवस्थापनको लागी सामान्य प्रशासन मन्त्रालयमा, नगरबासीलाई स्वास्थ्यमा पहुँच पुर्याउन र नगरपालीकामा अस्पताल स्थापनाको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा योजनाहरु पेश गरिएको नगर प्रमुख शाहले जानकारी गराए ।
नगरलाई व्यवस्थीत र समृद्ध गौरादह बनाउनका लागि एकिकृत शहरी बिकाश बिभागमा समेत बिभिन्न योजनाहरु पेश गरिएको बताइएको छ । यस अघि नगरपालीकाको आन्तरिक श्रोत साथै संघिय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट नगरको समग्र बिकाशको लागी बजेट बिनियोजन गरिसकेको र नगरको थप बिकाश गर्नको लागी संघिय सरकार समक्ष बिभिन्न योजनाहरु पेश गरेको साहले बताए । पेश गरिएका सबै योजनाहरुमा मन्त्रालयहरु बाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

