
मेचीनगर, १९ साउन । नेपालबाट लागु औषध चरेस भारततर्फ लैजाने एक नेपाली नागरिकसहित दुई युवक पक्राउ परेका छन् ।
दुवै जनालाई झापाको काकँडभिट्टा नाकासँग जोडिएको पश्चिम बंगालको पानीट्ंयाकी क्षेत्रबाट विशेष सूचनाको आधारमा भारतीय एसएसबीका ४१ बी बटालियनको टोलीले शुक्रबार पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
पक्राउ पर्ने नेपालका गणेश तामाङ र कालिम्पोङ निवासी लुका शेर्पा रहेको जनाइएको छ। भारतीय सुरक्षाकर्मीका अनुसार स्कुटरमा सवार दुवै जनाको साथबाट तीन किलो चरेस, चार थान डेविट कार्ड, तीन थान मोबाइल फोन, नेपाल, भारत र भुटानी रुपैयाँ भेटिएको थियो।
बरामद गरिएको चरेस नेपालबाट लगेको र सिलगुढीको बाटो भएर कलकोता लैजाने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ। दुवै जना स्कुटरमा चढेर काकँडभिट्टा नाकाबाट भारतर्फ गएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

