
मस्को, १९ साउन । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०ः२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।
हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए । खबरडबली
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

