
झापा, २२ साउन । श्रीमतीको इच्छा विपरीत यौन सम्पर्क राख्ने झापा बिर्तामोडका २७ वर्षीय पुरुष अहिले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका छन् ।
गत साउन १० गते पहिलो पटक म्याद थप गरे पनि ढिलो गरि यो घट्ना सार्वजनिक भएको हो । २२ वर्षीया श्रीमतीको उजुरीका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका ती युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
श्रीमानले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । विवाह भएको दुई वर्षपछि ती महिलाले श्रीमानविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता गरेकी हुन् । ती महिलाले श्रीमान धैरजसो बाहिर जाने र घर आएका बेला आफ्नो इच्छाविपरित यौन सम्पर्क राख्ने गरेको उजुरीमा उल्लेख गरेकी छिन् । कानुनले श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौनसम्बन्धलाई वैवाहिक बलात्कार मानेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

