
लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

