
बिर्तामोड, २३ साउन । मेयर पकेट बंगुर साटासाट कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका–६ बुट्टाबारी दक्षिणमा १५ परिबारलाई ३० थान बंगुरका पाठा वितरण गरिएको छ ।
नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता उप मेयर पबित्रा महतारा प्रसाईले गरेकी थिइन् भने कार्यक्रममा नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, स्थानीय देबीप्रसाद नेपाल, बिष्णुप्रसाद भट्टराईले कार्यक्रमको उद्देश्यबारे मन्तब्य राखेको नगर पशुसेवा अधिकृत सानुमाया श्रेष्ठले जानकारी दिइन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

