
झापा, २३ साउन । नेपाल भारत मैत्री संघ झापाको पाँचौं मैत्रीसभा भदौ ९ गते शनिबार हुने भएको छ । संघको मंगलबार बसेको बैठकले भद्रपुरमा भदौं ९ गते शनिबार नयाँ जिल्ला कार्यसमिति चयन गर्ने गरी मैत्रीसभा गर्ने निर्णय गरेको हो ।
संघका झापा अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा बसेको बैठकले हालसम्म संघले गरेको कार्यक्रमहरुको आयव्यय विवरणसमेत पास गरेको छ । समितिले नयाँ कार्यसमिति चयन गर्न एक निर्वाचन समिति चयन गरेको छ ।
झापा वारका अध्यक्ष सुरज खत्रीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा माधव विद्रोही र गोपाल गिरीलाई चयन गरिएको संघका अध्यक्ष हुलासचन्द्र सरियाले बताए । उनका अनुसार संघको ५ वटा शाखा समिति र जिल्ला संघमा २७९ जना सदस्य रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

