
दमक, २३ साउन । किराँत राई यायोक्खा झापाले मंगलबार दमकमा आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान गर्दै मनाएको छ ।
यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको अध्यक्षता र यायोक्खा केन्द्रीय उपाध्यक्ष एबम् यायोक्खा प्रदेश नं १ का संयोजक पारसमणी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा यायोक्खाका केन्द्रय उपाध्यक्ष पारसमणी राईले आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति र पहिचानसहित यायोक्खाले आफ्नो सामाजिक तथा साँस्कृतिक पक्षमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।
उनले काठमाण्डौमा सिमित राई अग्रजहरुले सिमित स्रोत र साधनमा स्थापना गरेको यायोक्खा ३१ वर्षमा देशभर र देश बाहिरका मुलुकहरुमा रहेका राईहरुले यायोक्खा मार्फत सामाजिक तथा साँस्कृतिक कार्यहरु सञ्चालन गरिरहेको जानकारी गराए ।
यायोक्खा केन्द्रीय सदस्य दीपेनवाला राई, यायोक्खा झापाका सल्लाहकार तथा दमकका शिक्षासेवी एलडी राई, दीपक न्यौपाने, प्रविण चाम्लिङ, यायोक्खा दमक नगर अध्यक्ष धनजीत राई, किरात राई बिद्यार्थी संघ झापाका अध्यक्ष सुनिल राई लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, यायोक्खा झापाका सहसचिव सुशिल राई, कोषाध्यक्ष किसन राई, सहकोषाध्यक्ष कौशिला राई, सदस्य तारा राईको उपस्थिति थियो । स्थापना दिवसको अवसरमा सहभागिहरुलाई यायोक्खा झापाले राई जातिको साँस्कृतिक स्वादका खानपिन गराएका थिए । यायोक्खा झापाका सदस्य तथा किराँत राई बिद्यार्थी संघका केन्द्रीय सचिव सुशन राईले कार्यक्रम सञ्चालन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

