
उर्लाबारी, २४ साउन । प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको ‘जनार्दन मैनाली’ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिने भएको छ ।
चौतारीको आज बेलबारीमा बसेको कार्यसमिति बैठकले प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारका लागि प्रदान गरिने सो पुरस्कार यो वर्ष लम्साललाई प्रदान गरिने निर्णय भएको उपाध्यक्ष केदार चौहानले जानकारी दिनुभयो ।
पत्रकार लम्साल नयाँपत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ । भदौको पहिलो हप्ता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार छ । सो पुरस्कार नौ वर्षअघि स्थापना भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

