
अमेरिकाले नेपाललाई यसकारण दिँदै छ, ४ वटा स्काइ ट्रक
काठमाडौं, २५ साउन । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ ।
हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ुइन्डो प्यासिफिक कमान्डु मार्फत अमेरिकाले ४ वटा ुफिक्स विङु स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो ।
यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता रोकेको थियो ।
२०५८ अघिसम्म अमेरिकाले नेपाललाई दिँदै आएको सैन्य सहायता पछिल्लो १५ बर्षमा रोकिए पनि पुनः सुचारु हुने भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

