
काठमाडौं, २५ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् ।
मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् ।
समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् ।
ुबुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्योु, बौद्धका पासाङ शेर्पाले भने, ुठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ ।ु
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

