
गौरीगञ्ज, २५ साउन । गौरीगञ्जको एक होटलबाट होटल सञ्चालक सहित दुइ युवती पक्राउ परेका छन् ।
गौरीगञ्जस्थित रोड साइड कटेज होटलमा बुधबार राती सामाजिक मर्यादामा खलल पुग्ने गरी अवाञ्छित गतिबिधि भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।
खबर पाए लगतै प्रहरीको एक टोलीले राती नैे दुई युवतीलाइ नियन्त्रणमा लिएको र बिहीबार दिउँसो होटल सञ्चालकलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । पक्राउ परेका युवतीहरु दमकका भएको बुझिएको छ भने लामो समयअघि देखि सो होटलमा यौनधन्दा हुदै गरेको स्थानीयहरुले बताएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


