
बिर्तामोड, २८ जेठ । झापामा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिकामा तीन, गौरादह र मेचीनगरमा थप एक/एक जनामा कोरोना पुष्टि भएको हो ।
कनकाईमा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ । कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बसेका उनीहरु भारतबाट आएका थिए । कनकाई–३ र ५ का स्थानीय बासिन्दा उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या १५३ पुगेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४ हजार ३६५ पुगेको छ । हाल सम्म कोरोनालाई जितेर निको भै घर फर्कनेको संख्या ६७४ पुगेको छ भने मृतकको संख्या १५ रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


