
भद्रपुर, २६ साउन । जिल्ला समन्वय समिति झापाका पदाधिकारी, सदस्य र कर्मचारीहरुका लागि व्यक्तिगत एवम् संस्थागत रुपान्तरणसम्बन्धी तालिम कार्यशाला शनिबार सम्पन्न भयो ।
तालिममा व्यक्तिगत र संस्थागत रुपान्तरणका लागि अपनाउनुपर्ने विधिहरुको बारेमा छलफल भएको समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । २३ जनाको सहभागिता रहेको सो तालिम कार्यशालाको सहजीकरण तुलसी निरौलाले गरेका थिए ।
सकारात्मक चिन्तनको विकास गर्दै व्यक्तिगत, संस्थागत र सामुदायिक रुपान्तरणमा तालिम केन्द्रित रहेको थियो । जिल्लापश्चात् सम्पूर्ण स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि समेत यस किसिमको तालिम कार्यशाला आयोजना गरिने समन्वय समितिले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

