
बिर्तामोड, २६ साउन । झापाको गौरीगञ्ज गाउँपालिकामा विद्यालयबाट फर्कंदै गरेकी बालिकालाई जबरजस्ती गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक–६ का बलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
अभियुक्त खत्रीले गत २२ गते विद्यालयबाट घरतर्फ जाने क्रममा ६ वर्षीया बालिकालाई आफ्नो कोठामा लगेर कपडा फुकाल्दै गरेको अवस्थामा स्थानीयबासीले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । ‘म्याद थप गरेर थप अनुसन्धान गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

