
काठमाडौँ, २७ साउन । बुटवलका दीपक आचार्यले एक बर्षअघि यातायात कार्यालय बुटवलमा स्मर्ट लाईसेन्स का लागि आवेदन दर्ता गराएका थिए ।
यातायात व्यवस्था विभाग कार्यालय मीनभवनमा भेटिएका उनले भने, अस्टे«लियाजने समय आईसक्यो अझै लाइसेन्स पाएको छैन । ५ महिनापछि आउँछ भने थिए, १ बर्षसम्म पाईएन । विभागका कर्मचारीले केही दिनमा आउँछ भनेका छन् ।
ललितपुर लेलेखका सुजन तामाङले पनि स्मार्ट लाईसेनसका लागि आवेदन दिएको ९ महिना भईसक्यो । यातायात कार्यालय एकान्तकुनाबाट आवेदन दिएका तामाङलाई विभाका कर्मचारीले अझै एक महिना कुर्न भनेका छन् । जहिले गए पनि विभागबाट छापिएर आएकै छैन भन्छन् उनले भने ।
विभागले २०७३ मंसिर २० देखि स्मार्ट कार्डको दरखास्त लिएर पुस ३ देखि वितरण गर्न थालेको हो । प्रिन्टर्सले दैनिक ४ सयभन्दा बढी कार्ड छाप्न सकेको छैन । तीनओटा उपकरणबाट कर्ड छापिरहे पनि माग थेग्न नसकेको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

