
गौरादह, २७ साउन । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ ले सामाजिक सुरक्षा भत्ता वितरण कार्य बैंकिङ प्रणालीबाट थालेको छ ।
भत्ता वितरण सहज बनाउन एनआईसी एसिया बैंक मार्फत् दिन थालिएको वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो ।
यसअघि वडा कार्यालयबाटै भत्ता वितरण गरिँदै आएको थियो । सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट वितरण गर्दा सम्बन्धित व्यक्तिले आफ्नो अनुकूल रकम झिक्न सकिने भएकाले त्यस्तो गरिएको कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

