
झापा, २७ साउन । जिल्ला कारागार झापाबाट आज एक जना कैदी फरार भएका छन् ।
कर्तव्य ज्यान र चोरी मुद्दामा जेल सजाय भोगिरहेका गौरादह–८ का २५ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिनुभयो ।
‘कैदी कसरी फरार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कारागार प्रशासनलाई समेत यस विषयमा सोधपुछ गरेका छौँ ।’ कैदी के कति कारणले भाग्न सफल भयो भन्ने खुल्न नसकेका छैन । माझीको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।–––
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

