
शिबसताक्षी, २७ साउन । झापाको शिबसताक्षी नगरपालिकामा क्षयरोगीको संख्या बढ्दै गइरहेको आइतबार शिबसताक्षीमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापा र क्षयरोग–कुष्ठरोग शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुसंग क्षयरोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराइको हो । नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा नगरको ११ वटाका वडाध्यक्षहरु, पाँचगाछी, धरमपुर, शिबगञ्ज र सतासीधामस्थित स्वास्थ्य चौकीका प्रमुख र सहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नगर प्रमुख शेर्माले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक वडाहरुमा स्वास्थ्य केन्द्रहरु विस्तार गरिन लागेको जानकारी गराए । उनले स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा नगरवासीहरु जिम्मेवार रहनुपर्ने र स्वास्थ्य संस्थाका कार्यरत कर्मचारीहरुले पनि आफ्नो क्षेत्रमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्षयरोग तथा कुष्ठरोग शाखाका प्रमुख प्रमोद प्रसाद दाहालले श्वास प्रश्वासको माध्यमले क्षयरोग सर्ने बताए । उनले रोगी व्याक्तिको श्वास प्रश्वास मार्फत अर्को व्याक्तिमा सर्ने भएकोले रोगी व्याक्तिको उपचार गर्नुपर्ने बताए । दाहालका अनुसार १५ वर्षदेखी ४९ वर्षसम्मका व्याक्तिमा यो रोग सर्ने गरेको देखिन्छ ।
सो कार्यक्रममा विराट नेपाल मेडिकल ट्रष्ट्र (विएनएमटी) नेपाल झापाका कार्यक्रम संयोजक रामप्रसाद कोइरालाले सहजिकरण गरेका थिए । सो अवसरमा नगरपालिकाका उपमेयर भोजकुमारी नेपालको समेत उपस्थिति रहेको थियो ।
झापाको १५ वटा स्थानीय तहमा कार्यक्रम गरिने छ । यसअघि, गौरिगञ्ज, कमल, हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकामा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

