
बिर्तामोड, २८ असार । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ ।
असार १० गते शुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अरब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जसअन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुने छ ।
नगरप्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले सो वरावरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्ताबित बजेट, नीति, कार्यक्रम माथि १० बटै बडाका अध्यक्षहरुले आ आफ्नो बडाको बजेट सिलिंग प्रस्तुत गर्दे आफ्नो बडाको विकासका योजना पेश गरेका थिए । यसैगरी नगरसभामा बिभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाब पेश गरेका थिए ।
बिर्तामोड नगरपालिकाले प्रत्येक बडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिंग अन्तरगत रहेर बडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


